पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो ।

अब पेट्रोलको प्रतिलिटर १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धनको ७८ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.