अरुण तेस्रोको काम ठप्प, मजदुरहरु आन्दोलनमा

संखुवासभा- संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम  ठप्प भएको छ ।

सुरुङ भित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दे मजदुरले आयोजना स्थलका निमार्ण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सुचारु गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सुचारु गर्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिनुभयो ।

गत बुधबार बिहान साँढे ८ बजे सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको थियो  भने सोही स्थानका ५० बर्षीय मिठु राना घाईते भएका थिए ।

पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदारहरु दिनभर आन्दोलित भएका थिए । शव व्यवस्थापनको लागि चन्दा संकलन गर्ने भनेपछि कामदारहरुले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए ।

कामदारहरु आक्रोसीत भएपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि ५० लाख रुपैयाँ बिमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताउनु भयो । रामले भन्नु भयो विमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ गर्‍यो । अन्त्यमा आयोजनाले ३० लाख रुपैयाँ दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइले बताउनु भयो ।।

विद्युत् गृहस्थलको काम सुरु हुन सकेन

चिचिला गाउँपालिकामा निमार्णाधीन अरुण–३ जलविद्युत आयोजनाको विद्युत गृहस्थलमा गत बुधबार विहान कामदारको मृत्यू पछि विद्युत गृहस्थलमा काम सुरु हुन सकेको छैन । मृतक परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदुरले काम अवरुद्ध गरी स्थानीय कार्यालय,सवारी साधन र निमार्ण सामग्रीमा तोडफोड गरेका थिए ।

काम गर्ने सहज वातावरण नभएको भन्दै, सहज परिस्थिति नभए सम्म काम सुरु गर्न नक्ने सतलज जलविद्युत निगम (एसजेभिएन) सिइओ अरुण धिमानले बताउनु भयो ।

नेपाल सरकारले सुरक्षाको प्रत्यभुति गराए मात्र आयोजनाको काम सुरु गर्न सक्ने सिइओ धिमानले जानकारी दिनु भयो । जुन सुकै घटनामा क्षतिपूर्तिका नामा ठुलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो परियोजना विकास संझौता (पिडिए) मा उल्लेख भए भन्दा बाहिरको काम गर्न हामी सक्दैनौ ।

कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ। अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत निगम (एसजेभिएन) ले गरिरहेको छ। मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्य्त गृहस्थलमा निर्माण कार्य भइरहेको छ।

विद्युत गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ।

यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीहरुले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतिय र नेपाली सहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.