फेरि बढे कोरोना संक्रमित, एकैदिन २१४ जनाको मृत्यु

काठमाडौं– तीन दिन कमी आए पनि पुनः सोमबार कोरोना संक्रमण दर बढेको छ ।

२२ हजार ८७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणमुक्त भएको दर ७४ दशमलव ४ प्रतिशत छ । अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापन गरेको विवरणसमेत समायोजन गर्दा गएको २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको छ ।

काठमाडौंमा २३४६, ललितपुमा ४५४ र भक्तपुरमा २९८ गरी गएको २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.