लम्जुङ्गमा अस्पतालबाटै सङक्रमण फैलने त्रास

लमजुङ-  लमजुङको सुन्दरवजारमा रहेको नमूना सामूदायिक अस्पतालमा रुघा खोकी र ज्वरोका विरामी बढेसँगै उपचारमा समस्या हुन थालेको छ । कोभिड–१९ को लक्षण मिल्ने विरामीहरुको चाप बढेपछि उपचारमा समस्याआउनुको साथै सङक्रमण फैलने त्रास पनि बढेको छ ।

जिल्लामा हप्ताको दुई दिन मात्रै पीसीआर परीक्षणको निम्ति स्वाव लिने र त्यसको रिपोर्ट पनि झण्डै एकसाता पछि आउने हुँदा त्यो अवधिमा विरामीहरुको उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ ।

कतिपय विरामीहरु त उपचार गरेर निको भई घर फर्किएपछि मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आउँछ जस्ले निकै समस्या ल्याएको अस्पतालका मेडिकल अफिसर डा.दिपिलअधिकारीले बताउनु भएको छ ।

अस्पतालमा आएका विरामीहरुको तत्काल एन्टिजेन परीक्षण गरी उपचार गराउन सकिने भएपनि स्थानीय सरकार स्वास्थ्य कार्यलयले एन्टिजेन उपलब्ध नगराएपछि यो समस्याआएको हो ।

कोभिड–१९ लक्षण देखिएका विरामीहरुलाई परीक्षण नगर्दासम्म संक्रमण पुष्टि गर्न नसकिने र परीक्षण दायरा साँघुरो हुँदा अस्पतालमा आएकाअन्य विरामीहरुमा पनि संक्रमणको जोखिम रहेको अस्पतालले जनाएको छ ।

नमूना सामूदायिक अस्पतालमा कोभिड–१९ का संक्रमितहरुलाई उपचारका लागिअक्सिजनसहितको ४० शय्याको आइसोलेशन कक्ष  पनि तयार भएको छ ।

संक्रमितहरुको उपचारको निम्तिआइसोलेशनको व्यवस्थापन गरिए पनि प्रारम्भिक परीक्षणका लागिआवश्यक उपकरण नहुँदा अस्पताल थप जोखिममा परेको अस्पताल विकास समितिकाअध्यक्ष परमेश्वर अधिकारीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.