माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाडौं– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गर्ने माधव नेपालसहित ११ सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित झलनाथ खनाल, भीम रावललगायत ११ सांसदलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका २६ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । हस्ताक्षर कीर्ते भन्दै असहमति जनाएकालाई स्पष्टीकरण सोकिएको छैन । उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन समय दिइएको छ ।

स्पष्टीकरण सोधिएका एमाले सांसद

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. भीमबहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६. सरला यादव

७. पुष्पाकुमारी कर्ण

८. कलिला खातुन

९. निरादेवी जैरु

१०. लक्ष्मीकुमारी चौधरी

११. कल्याणी खड्का

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.