रामपुर नगरपालिकाद्वारा खोप किन्न अनुमति

पाल्पा- पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई आइतबार मन्त्रालयमा नगरपालिकाका प्रमुख रमणबहादुर थापा सहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो । मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिनुभएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गर्नुभयो ।

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरूको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभयो । खोप खरिदका लागि नगरपालिकाले भारतका विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.