विपक्षी गठबन्धनका नेताहरु प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दर्ता गर्न सर्बोच्चमा

काठमाडौं- नेपाली काँग्रेससहितका विपक्षी गठबन्धन प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निवेदन दर्ता गर्न अहिले सर्बोच्च अदालत पुगेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह,  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका विघटित प्रतिनिधि सभाका सांसदहरु रिट निवेदन दर्ताका लागि स-शरिर सर्वोच्च अदालत पुगेका हुन् ।

नेपाली काँग्रेसका नेता रमेश लेखककाअनुसार रिट निवेदनमा हस्ताक्षर गर्नुभएका विघटित प्रतिनिधि सभाका सांसदहरु सर्बोच्चमा आँफै जाने दलहरुको निर्णय भएकाले सोही अनुसार सर्बोच्चमा उपस्थित हुने जानकारी दिनुभयो ।

नेता लेखकका अनुसार प्रतिनिधि सभा विघटनको विरुद्दमा अन्तरिम आदेश र बहूमत सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्नुभएका नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग दावी रिट निवेदनमा गरिएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.