एमालेका थप १२ जना नेतालाई २४ घण्टे लिखित स्पष्टिकरण माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२ जना नेतालाई आज लिखित स्पष्टिकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

१२ जनाको स्पष्टीकरणपत्रको व्यहोरा हेरेर कुन प्रकृतिको कारवाही गर्नेबारे टुङ्गो लाग्ने नेता तामाङले बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टीकरणपत्र पठाएको हाे ।

गत सोमबारको बैठकले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्काशन गरेको थियो ।

पार्टी कार्यालय सचिव तामाङकाअनुसार २४ घण्टाको समयावधि तोकेर स्पष्टीकरणपत्र पठाइएको छ । सो अवधिमा उहाँहरुको स्पष्टीकरणको जवाफ आएमा सोहीअनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने वा जवाफ नआएमा पनि त्यही प्रकारको कारवाही प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । स्थायी कमिटी बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने नेता तामाङको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.