प्रेस युनियनको वार्षिकोत्सवः अदालतले संकट समाधान गर्ने देउवाको विश्वास

काठमाडौं– नेपाल प्रेस यूनियनले भर्चुअल प्रविधिको प्रयोग गरी आफ्नो ३० औ वार्षिकोत्सव मनाएको छ । स्वतन्त्र प्रेस र लोकतान्त्रिक व्यवस्थालाई आधार मान्ने यूनियनको वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको रक्षाका लागि बाध्य भएर अदालत जानु परेको उल्लेख गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समयमा उत्पन्न संकटको समाधान अदालतबाटै हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकल्प खोजेर भएपनि विधानत महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारकर्मीलाई समेत सरकारले फ्रन्टलाइनर घोषणा गरेर सोही अनुसारको व्यवहार गर्नुपर्ने माग गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्