कोरोनाको मुहान पत्ता लगाउन बाइडेनको निर्देशन

न्यूयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई निर्देशन दिनु भएको छ । उहाँले तीन महिना भित्र रिपोर्ट दिन पनि निर्देशन दिनु भएको छ । गुप्तचर संस्थाहरुले यसअघि पनि प्रतिवेदन बुझाएका थिए । तर एकमत हुन नसकेपछि उहाँले फेरि अर्को निर्देशन दिएको समाचारमा उल्लेख छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वभर फैलिएको छ । अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार वुहानको प्रयोगशालाबाट लिक भएको बताइएको छ भने अर्को तर्क त्यहाँको मासु बजारबाट फैलिएको बताइएको छ । यसबारेमा रिपोर्ट दिन बाइडेनले निर्देशन दिएका हुन् ।

सीएनएनमा प्रकाशित समाचारअनुसार चीनको वुहान इन्टिच्युटका भाइरोलोजिष्ट बिरामी परेका थिए । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक भाइरसका बिरामी फेला परेको तर त्यसको उत्पत्ति कसरी भयो भन्ने बारेमा अनुसन्धान भएपनि अन्यौल कायमै छ ।

चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस बाहिरिएको र त्यहाँ नजिकै रहेको जनावर बेचबिखन बजारबाट फैलिएको हो भन्ने दुई विषयमा विभिन्न अनुसन्धान भइरहेका छन् । गत वर्ष विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले चिनियाँ वैज्ञानिकहरुसँग स्थलगत अनुसन्धान गरेपछि जनावरबाट भाइरस सर्ने सम्भावना अत्यन्तै थोरै रहेको निस्कर्ष निकालेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.