प्रतिनिधि सभा विघटन मुद्दाः संवैधानिक इजलास गठन

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाहरुको सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित इजलासमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिनुभएको छ ।

पहिलोपटक गत पुस ४ मा भएको संसद विघटनपछि अदालतमा परेको मुद्दाको सुनुवाइमा गठन भएको संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश कार्कीलाई नै नराखिएको भन्दै आलोचना भएको थियो ।

संवैधानिक इजलासमा देउवालाई र ओलीलाई प्रधानमन्त्री बनाउन माग गरिएकासहित ३० वटा रिटमाथि सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले गम्भीर संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै बिहीबाररिटलाई संवैधानिक इजलासमा पठाएको थियो । इजलासले रिट निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको थियो । सुनुवाइका लागि पेस भएका रिटहरू विचाराधीन अन्य निवेदनजस्तै गम्भीर संवैधानिक प्रश्न जोडिएकाले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । विघटनसँग सम्बन्धित ३० मध्ये ११ वटा रिट यसअघि नै संवैधानिक इजलासका लागि सुनुवाइ तोकिएका थिए ।

निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । अर्कोतर्फ प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराउनुभएको थियो ।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी गर्नुभएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै जनाले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपतिले जेठ ७ गते दुवैका दाबी अश्वीकार गरेपछि प्रतिनिधिसभा भंग भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.