सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित हुनुभएको छ । दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित हुनुभएको बताइएको छ ।

सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गर्नुभएको हो । सिरियाको संसदले बिहीबार उहाँ पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार उहाँले यस पटकको निर्वाचनमा उहाँका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याउनुभएको छ । उहाँको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।
यस पटक समेत गरी उहाँ सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित हुनुभएको हो । उहाँको कार्यकाल सात वर्षको हुनेछ । उहाँले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याउनुभएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याउनुभएको छ ।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो ।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.