१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको ४१.२ प्रतिशत चालु खर्च, २२.७ प्रतिशत पुँजीगततर्फ र १२.६ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च भएको घोषणा गर्नुभयो । चालुतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ ।

तल्लो तहमा जाने वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ करोड रुपैयाँ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

नयाँ बजेटमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा नभएका कारण प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अध्यादेशमार्फत बजेट ल्याइएको हो ।

शनिबार नै मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि अध्यादेश मार्फत् बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट समेत पारित गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुरुप सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.