नयाँ बजेट सार्वजनिकमा जे देखियो (फोटो फिचर)

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार २०७८/७९ को बजेट सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशबाट नयाँ बजेट ल्याएको हो । बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकारहरुसहित सरकारी उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको यिो । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को शनिबार बिहान बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.