नाइजेरियाको स्लामिक विद्यालयमा अध्ययनरत १५० विद्यार्थी अपहरणमा

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण गरेको पुष्टि गरेका छन् ।

कतिपय संचार माध्यमहरुले अपहरणमा पर्ने विद्यार्थीको संख्या २ सय रहेको जनाएका छन् । मोटरसाइकलम आएका अपहरणकारीले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेको बताइएको छ ।

उनीहरुले अन्धाधुन्द गोली चलाउने क्रममा दुई जनाको मृत्यु भएको छ । विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी रहेका थिए ।

नाइजेरियकाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण पछिल्लो समय बढ्दो छ । गत फेब्रुअरीमा एक वोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए । ती मध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.