पछिल्लो समय विश्वमै कोरोना संक्रमण दर घट्दै

पछिल्लो समय विश्वमै कोरोना संक्रमण दर घटेको छ । विश्वमै सबैभन्दा उच्च संक्रमणदर रहेको भारतमा पनि विगत केही दिनदेखि संक्रमण ओरालो लागेको छ ।

एकै दिनमा साढे ४ लाख सम्म संक्रमित थपिने गरेको भारतमा पछिल्लो २४ घन्टामा १ लाख ५३ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

मृत्युदर भने भारत लगायतका दक्षिण एसियाली मुलुकहरुमा अझै उच्च नै रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

पछिल्लो समय संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपेली मुलुकहरुले खोप अभियान तीब्र रुपमा संचालन गरेकाले संक्रमण र मृत्युदर दुवैमा उल्लेख्य कमी आएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित र मृतकको संख्या रहेको अमेरिकामा पछिल्लो २४ घन्टामा ७ हजार बढी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १ सय २४ मा झरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.