नेपालमै खोप उत्पादन प्रक्रिया सुरु भएको स्वास्थ्यमन्त्रीको भनाइ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमै कोरोना विरुद्धको खोप उत्पादन गर्न प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

निजी क्षेत्रले संयुक्त रुपमा कोरोना विरुद्धको खोप उत्पादनका लागि तत्परता देखाएकाले सरकारले सहजिकरण गरिरहेको उहाँले जानकारी दिनुभयो । शुक्रबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी निजि क्षेत्रले प्रस्ताव पेश गरेको बताउनुभयो । तरल अक्सिजन सस्तो र प्रभावकारी देखिएकाले सरकारले उद्योग खोल्न अनुमति दिईसकेको र अनुदान समेत उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले चिन, अमेरिका, भारत लगाएतका मुलुकबाट खोप भित्रने क्रम सुरु भएको बताउँदै चुनाव अगावै सबै नागरिकलाई खोप लगाई सक्ने बताउनुभयो । कोभ्याक्स सुविधा अन्तर्गतको खोप खरिदका लागी पनि प्रक्रिया सुरु भएको जानकारी दिदै उहाँले रुसले उत्पादन गरेको खोप पनि छिट्टै आइपुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.