प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बहस ‘हेर्दाहेर्दै’मा

काठमाडौं–प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतमा परेका रिट माथि आइतबारदेखि बहस प्रारम्भ भएको छ ।

संवैधानिक इजलास गठनलाई लिएर कानून व्यवसायीहरुले उठाएको मागलाई सम्बोधन गर्दै वरिष्ठताको आधारमा इजलास गठन गरिएपछि बहस प्रारम्भ भएको हो । बहसमा इजलासको विषयलाई लिएर सरकारी वकिलहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारी वकिलहरुले बरिष्ठताका आधारमा इजलास गठन गरिएकोमा असहमति व्यक्त गरेका छन् ।

आइतबारबाट सुरु भएको बहस हेर्दाहेर्दैमा सकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ । संवैधानिक इजलासमा बहस प्रारम्भ भएसँगै इजलासको गठनलाई लिएर सरकारी पक्षका अधिवक्ताले फरक मत सहितको निवेदन पेस गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.