संघीयता कार्यान्वयनपछि कांग्रेस पहिलोपटक सरकारमा

सुर्खेत– संघीयता कार्यान्वयनपछि पहिलो पटक नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ ।

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका दुई जना मन्त्रीले आइतबार पद तथा गोपनियताको सपथ लिनुभयो । सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको छ ।

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेको बेला कांग्रेसले विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.