२४ घण्टामा ४४७२ संक्रमित, निको हुने ६९५१

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ४४७२ संक्रमित भएका छन् ।

१७ हजार ९ सय ३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८४ दशमलव २ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७९९० रहेको छ ।

काठमाडौंमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० गरी उपत्यकामा १११५ जना संक्रमित भएका छ्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.