आजबाट ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप

देशभर ६० देखि ६४ वर्षभित्रका जेष्ठ नागरिकले खोप लगाउन पाउने

काठमाडौं- सरकारले आजबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार नेपालभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चित गरेर पहिलो मात्रा दिन लागेको हो । चीन सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.