‘जोखिम कम भएको छैन, अक्सिजन सिलिण्डर उद्योगमा बुझाइदिनू’

काठमाडौं– महामारीको उच्च जोखिम अझै कम नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु व्यक्तिका घरमा नराख्न अपिल गरेको छ । साथै घर, टोल र विभिन्न किसिमका आइसोलेसन सेन्टरमा रहेका अक्सिजन सिलिण्डरहरु भर्नका लागि सम्बन्धित उद्योगमा उपलब्ध गराइदिनुहुन आग्रह समेत गरेको छ।

अक्सिजन सिलिण्डरहरु समयमै भर्नका लागि सम्बन्धित अक्सिजन कम्पनीमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै मन्त्रालयले यथासक्य चाँडो अक्सिजन भर्नका लागि उद्योगमा उपलब्ध गराउन आग्रह गरेको हो। त्यसैगरी मन्त्रालयले स्पतालहरलाई पनि अक्सिजन सिलिण्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न अनुरोध गरेको छ।

यसैबीच मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको भन्दै मापदण्ड पालनामा लपरवाही नगर्न सचेत गराएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा मात्र ५ हजार १ सय ५३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५ को पिसिआर र ५ हजार ६ सयको एन्टिजिन परिक्षण गर्दा ३० प्रतिशतको हाराहारीमा नयाँ सक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र भाइरसका कारण १०८ जनाले ज्यान गुमाएका छन भने ६ हजा ५ सय ७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.