प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे संवैधानिक इजलासमा आज पेशी तोकियो

काठमाडौं- प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा आज पेसी तोकिएको छ । न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै भएन ।

आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा समावेश गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन ।

न्यायाधीशद्वयले आज इजलासमा नै आफ्नो निर्णय सनाउनुहुने बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.