नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेको शपथ

काठमाडौँ- राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गर्नुभयो ।

लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.