४३४४ जना संक्रमित, ५७६८ संक्रमणमुक्त, २४ घण्टामा ८१ जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोनाभाइरसका थप चार हजार ३४४ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १२ हजार ४७ पीसीआर नमूनाको परीक्षण र चार हजार ५६८ एन्टिजेन परीक्षणका क्रममा नयाँ संक्रमित फला परेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा गरिएको परीक्षणमा प्रति एक सय नमूनामा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्कमा देशभरमा हाल ८० हजार ३३६ जना सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो पटक थप पाँच हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुने दर ८५.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गएको चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.