मन्त्रिपरिषद् विस्तार हुँदै, गृहमन्त्रीमा खगराज अधिकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

मौजुदा मन्त्रिपरिषदमा एमाले, जसपासहितलाई थप गरेर मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ आज साँझ नै हुने जानकारी दिनुभयो ।

मन्त्रिपरिषदमा गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गरिँदैछ ।

स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारीलाई ल्याउने तयारी भएको छ । मोहन बानियाँ, गणेश पहाडी, नारदमुनी राना पनि मन्त्री हुँदै हुनुहुन्छ । आशा बिकलाई राज्यमन्त्री बनाउने तयारी भएको छ ।

पूर्वमाओवादीबाट नैनकला थापा, ज्वालाकुमारी साह, जसपा नेता राजकिशोर यादव मन्त्री हुने तयारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने नाम र मन्त्रालयको अन्तिम टुंगो नलागेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वैशाख २१ गते जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.