गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल हुनुभएको छ ।

प्रदेश सभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मतमात्रै परेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ ।

विपक्षमा भने ३० मत भएको छ । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले भने विपक्षमा मतदान गर्नुभएको छ ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुनुभयो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहनुभयो ।

विश्वासको मत नपाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत माग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.