सरकारको प्रवक्तामा सञ्चारमन्त्री थापा

काठमाडौं– सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री थापालाई प्रवक्ता तोक्नुभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले जानकारी दिनुभयो ।

सरकारको प्रवक्ताले मन्त्रिपरिषदका आधिकारिक निर्णयहरु सार्वजनिक गर्ने प्रचलन छ ।

थापाले सञ्चारमन्त्रीकोरुपमा बिहीबार नै शपथ तथा पदभार ग्रहण गर्नुभएको थियो ।

बिहीबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठक

विगतमा पनि प्रायः सञ्चारमन्त्रीलाई नै सरकारको प्रवक्ता तोक्ने चलन थियो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्री पहाडीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित ८ मन्त्री थप गरी सरकारलाई पूर्णता दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.