दुई दशक यता पहिलो पटक वृद्वि भएको बाल श्रमिकको संख्या १६ करोड पुग्यो

काठमाडौं- विगत ४ वर्षमा बाल श्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्वि भएर कुल १६ करोड पुगेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी ‘बाल श्रम: २०२० को अनुमान, प्रवृत्ति र यसपछिको बाटो’ शीर्षकको प्रतिवेदमा सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ।

हाल विश्वभरि रहेका बाल श्रमिकहरू मध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्यामा उल्लेख्य मात्रामा वृद्वि भई उनीहरुले आधा भन्दा बढी हिस्सा लिईसकेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनि परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्वि भई ७ करोड ९० लाख पुगेको छ।

“बाल श्रमको विरुद्वमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्वता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको संख्या अझै पनि विकराल रहेको कुरा नेपाल स्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले बताउनुभयो। उहाँको भनाइ छ, “वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकारको उल्लङ्घन भएको दर्शाउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्वि एवं समतामुलक विकासलाई सीमित तुल्याइदिन्छ। बाल श्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्नको लागि गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकतावद्व रुपमा प्रदान गर्दै आवश्यक कार्यक्रमहरू सन्चालन गर्नु अहिलेको समयको मुख्य आवश्यकता रहेको छ।”

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी ‘बाल श्रम: २०२० को अनुमान, प्रवृत्ति र यसपछिको बाटो’ शीर्षकको प्रतिवेदमा सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा

दशौं लाख अन्य बालबालिका कोभिड-१९ को प्रभावको कारणले बाल श्रमको जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी पछिल्लो प्रतिवेदनले जनाएको छ। महामारीको असर स्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याईएको छ। सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने कुरा पूर्वानुमान अध्ययनले देखाएको छ।

२०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केहि प्रगति हासिल भईरहेकोमा कोभिड-१९ ले त्यसलाई खतरामा पारेको छ।

नेपालमा बाल श्रम उन्मुलन तर्फ भईरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्व हुनसक्छ। अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ। खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रामा कमी आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.