मन्त्री सोडारीलाई कारवाहीको माग

काठमाडौं- नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गर्नुभएको हो । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिनेपत्र बोकेर मन्त्रालयमा पुगेका सचिव रावललाई मन्त्री सोडारीले हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.