परीक्षण घट्दा संक्रमितको संख्या स्वाट्टै घट्यो

२४ घण्टामा १२४०६ जनाले मात्रै परीक्षण गराए, तीमध्ये २४०७ जनामा संक्रमण पुष्टि

काठमाडौं– कोभिड १९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण पौडेलले दिएको जानकारी अनुसार गत २४ घण्टामा १२४०६ जनाले मात्रै परीक्षण गराएका छन् । परीक्षण गराएकामध्ये २४०७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । ‘परीक्षण गर्न हिच्किचाएको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘क्षमताभन्दा आधाले मात्रै परीक्षण गराउनुभएको छ ।’

सरकारले लक्षण भएका विरामीलाई सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाएको छ । एन्टीजेन परीक्षण पनि गाउँ–गाउँमा गर्ने व्यवस्था गरिएको छ ।

गत २४ घण्टामा ३९९४ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५३११०५ रहेको छ ।

गत २४ घण्टामा ४६ जनाको कोभिड १९ बाट मृत्यु भएको छ ।

५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ४४ वटा छन् । हाल ६८९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.