सञ्चार मन्त्री थापा नेपाल टेलिभिजनमा, थप प्रतिस्पर्धी बनाउन आग्रह

काठमाडौं– नेपाल टेलिभिजनका च्यानलहरुलाई देशभित्र ज्ञानवर्द्धक र शिक्षामूलक बनाउने तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय परिचायक बनाउनु परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले बताउनुभएको छ ।

नेपाल टेलिभिजनको आइतबार निरीक्षण गर्दै सञ्चार मन्त्री थापाले टेलिभिजनलाई थप प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभएको हो । निरीक्षणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याललगायतको उपस्थिति थियो ।

मन्त्री थापालाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, महाप्रबन्धक फूलमान वललगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.