लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल व्यवसायीहरु संकटमा

रसुवा- रसुवा,नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका संचालित होटल व्यवसायीहरु संकटमा परेका छन ।

बिशेषगरी लामटाङ तथा गोसाँईकुण्ड पदमार्ग सन्चालित होटलहरु कोरोना भाइरस संक्रमण जोखिम सँगै पर्यटक आगमन बन्द भए पछि ठुलो संख्यामा व्यवसायिक संकटमा परेका हुन् ।

सिजन शुरु भएसँगै पर्यटन व्यवसाय बाट नै जिविको पार्जन गर्दै आएका होटल व्यवसायीहरु बर्षका दुवै सिजनमा पर्यटक आगमन शुन्य भएपछि राज्यलाई राजश्व तीर्न सक्ने अबस्था समेत नरहेको गोसाईकुण्ड पदमार्गको चोलाङपाटीका होटल सञ्चालक सेरफ साङ्बो तामाङ बताउँछन् ।

अघिल्ला वर्षहरुमा पर्यटकीय सिजन शुरु भए सँगै सदरमुकाम धुन्चे गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गमा बिदेशी पर्यटकहरुको सामन्य चहल पहल देखिए पनि अहिले अधिकांश होटलहरु खाली छन् ।

पर्यटक आगमन हुने मुख्य सिजनका बेला कोभिड–१९ को त्रासले आगमन शुन्य भएपछि होटल व्यवसायीहरु प्रत्यक्ष मारमा परेको व्यवसायी बताउँछन ।

कोभिड–१९ को प्रभाव कम भए सँगै पुनः पर्यटन व्यवसायले निरन्तरता पाउने अपेक्षा सहित अधिकांश व्यवसायीहरुले भने लकडाउनलाई सदुपयोग गर्दे व्यवसाय स्तरोन्नतीमा पनि लागेका बयबसायीहरु पर्यटक आगमन घट्नुका साथै व्यवसाय ठप्प भए पछि होटल तथा साना रेष्टुरेण्टका श्रमिक व्यवस्थापन संगै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा संन्चालित बाउन्न वटा होटल ब्यबसायीहरुले बार्षिक रुपमा तीर्नु पर्ने राजश्व तीर्न समेत मुख्य चुनौति रहेको बताएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.