कोरोना संक्रमण घट्दै, २४ घण्टामा २९१८ जना संक्रमित

काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण निरन्तर घटिरहेको छ ।

गएको २४ घण्टामा १४ हजार ८ सय १९ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २९१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोनाबाट गएको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ८४६५ रहेको छ ।

नेपालमा निको भएको दर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।

नेपालमा कोभिडविरुद्धको दुवै डोज खोप लगाउने २४ लाख नाघेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.