कोटेश्वरमा देउवा, दाहाल र नेपालबीच डेढ घण्टा वार्ता

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।

नेपाल निवास कोटेश्वरमा सोमबार साँझ तीन नेताबीच डेढ घण्टा वार्ता भएको हो । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेट समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा केन्द्रित थियो । तीन नेतासहित भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुनुहुन्थ्यो ।

बैठकले पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.