बजेट ल्याउने दिन, नीति तथा कार्यक्रम नै रोकियो

 

सुर्खेत– कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।

आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलार्ई संवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रमममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो । सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताउनुभयो । सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै सकसमा छन् ।

अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.