गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मतका लिँदै हुनुहुन्छ ।

आज बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

गण्डकी प्रदेशमा अहिले ५९ सांसद छन् । उहाँलाइ विश्वासको मत जित्न ३० सांसद आवश्यक हुन्छ । शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनु भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत प्राप्त भएपछि बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ । विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.