हुम्लामा पाँच दिनदेखि हवाइ सेवा अबरुद्ध

हुम्ला- हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ ।

देशभर सहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् ।

नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ । हवाई उडान अवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्री समेत ठप्प भएको छ ।

नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ ।

दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.