जाजरकोटमा ४ दिनदेखि बेपत्ता सातै जना सकुुशल भेटिए

जाजरकोट– जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटनमा ४ दिनदेखि बेपत्ता रहेका सातै जना सकुशल फेला परेका छन ्। प्रहरी र स्थानिय बासिको सयुक्त टोलीले बेपत्ताको सकुशल उद्धार गरेको हो ।

घरबाट पशुचौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका वडा नं –८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना ४ दिनदेखि सम्पर्क बिहीन भएका थिए । गत जेठ ३१ गते पुगेका ११ जनामा ४ घर घर फर्किए पनि ७ जना सम्पर्कविहीन भएका थिए । जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेको अबस्थामा फेला परेका हुज् । उनीहरु ५ दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनु भयो । उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट तल घरतिर झार्न थालिएको छ ।

पाटनमा ठुलो हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना चार दिनदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्क बिहीन सबै कुशे गाँउपालिका– ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का, धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.