महाकालीमा खतराको संकेत पार

कञ्चनपुर– लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ ।

महाकाली नदीको जलस्तर ७ मिटर रहेको परिगाउँ प्रहरी चौकीका सई मोहनवहादुर कैलाले जानकारी दिनुभयो । ६.८० मिटर भएमा खतराको तह हुन्छ । महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरको महाकाली नदीको तटीय क्षेत्रमा वाढीको जोखिम बढेको छ ।

विशेष गरी डडेल्धुराको परशुराम नगरपालीकाको वडा नम्वर ६र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउँका वस्तीमा जोखिम वढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

यसैगरी महाकाली नदीमा जलस्तर वढेपछि डडेल्धुराको प्रशिद्ध धार्मिक स्थल परशुराधामको प्राचिन मन्दीर डुवानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.