पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौं– पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

विष्ट नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापतिसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.