प्रयोगमा आउँदै माटाका भाँडा

धादिङ- संकटमा परेको कुमाल समुदायले गर्दै आएको माटोको भाँडाकुडा बनाउने पेशा पुनः फष्टाउन थालेको छ ।

बढ्दो आधुनिकतासँगै हराउँदै जान थालेको माटोका भाँडाको प्रयोग पछिल्लो समय प्लाष्टिक र सिल्भरभन्दा स्वास्थ्यको लागि पनि राम्रो हुने भन्दै प्रयोगमा आउन थालेको हो ।

यो पेशामा लाग्ने मानिसहरुले पनि परम्परागत तरिकाबाट भन्दा आधुनिक तरिबाट माटाका भाँडा बनाउन थालेका छन ।

बजारमा देखिने प्लाष्टिक र आल्मुनियमका भाँडा कुडाको प्रयोग सजिलो हुने भए पनि स्वास्थ्यको दृष्टिबाट त्यति राम्रो नहुने भन्दै माटोको भाडाहरुको प्रयोग बढ्न थालेको प्रयोगकर्ताहरु बताउँछन ।

माटोको भाँडाकुडा बनाउने काम धादिङमा कुमाल समुदायका मानिसहरुले गर्दै आएका छन ।

पुर्खाहरुले गरेको पेशालाई निरन्तरता दिँदै आएका यस समुदायका मानिसहरुले अहिले यसलाई आधुनिक रुपमा रुपान्तरण गरी काम गर्न समेत थालेका छन ।

योसँगै पुरानो प्रविधिबाट माटोको भाँडा  बनाउदै आएकाहरु अहिले विद्युतीय माध्यमबाट माटोको भाँडा बनाउन थालेका छन ।

आजकाल मकै भुट्नका लागि प्रयोगमा आउने हाँडी, पैसा जम्मा गर्ने खुत्रुके पिउने पानी राख्ने गाग्रोलगाएत विभिन्न संस्कार र संकृतिमा प्रयोगमा आउने भाँडा कुडाहरुको विक्रि समेत बढेको भाँडा बनाउने पेशामा संलग्न कुमाल समुदायका मानिसहरु बताउँछन ।

कोरोन महामारीले गर्दा सामान विक्रिमा अलि समस्या भएको बताउदै अब विस्तारै यो पेशाले गति लिन थालेको भनाइ कुमाल समुदायका मानिसहरुको छ ।

यसरी बनाएका माटोको भाँडाहरको मुल्य पनि पहिलेको भन्दा दोब्बरले बृद्धि भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.