उपत्यकामा निषेधाज्ञाको मोडालिटी तय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो पटक जारी निषेधाज्ञा भोलिबाट सकिँदैछ ।

निषेधाज्ञाका बारेमा निर्णय लिन आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

निषेधाज्ञालाई केही खुकुलो बनाउदै निषेधाज्ञाको समय सीमा बढाउने वारेमा गृहकार्य भइरहेको छ।

निषेधाज्ञा क्रमैसँग सहज तुल्याउदै लगिए पनि संक्रमणको जोखिम भने अझै कायमै रहेको विज्ञहरुको भनाइ छ।

संक्रमणको अवस्था हेरेर सबै पक्षसँगको परामर्शपछि निषेधाज्ञाको मोडालिटी तय गरिने वताइएको छ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खोल्ने अनुमति दिइएको छ।

संक्रमणको जोखिमलाई ख्याल गर्दै अनुगमनमा भने थप कडाइ गरिनु पर्ने अवस्था अझै रहेको विज्ञहरुको सुझाव छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.