अमेरिकाको अलाबामा राज्यमा सवारी दुर्घटना, १० जनाको मृत्यु

आँधीबाट प्रभावित अमेरिकाको अलाबामा राज्यमा १८ वटा सवारी दुर्घटना हुँदा ९ जना बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने बालबालिका ९ महिनाको उमेरदेखि १७ वर्षका रहेका छन् । चिप्लो सडकमा सवारी साधनहरु चिप्लिएर नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताइएको छ ।

आँधी र बाढीका कारण अलाबामामा कयौं घरहरु क्षतिग्रस्त भएका छन् । दुर्घटनामा अधिकांश बालबालिका परेकाले अभिभावकहरु पीडामा परेका छन् । घटनामा थप १४ जना घाइते भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.