पोखरामा निर्माणाधीन केवुलकारको काम अन्तिम चरणमा

कास्की- पोखरामा निर्माणाधीन केवुलकारको काम अन्तिम चरणमा पुगेको छ । अब निषेधाज्ञा हटाईएपछि सो केवुलकार सञ्चालनमा ल्याउने जानकारी कम्पनीले दिएको छ ।

पर्यटकिय क्षेत्र पोखराको गहनाको रुपमा निर्माण भएको अन्नपूर्ण केबलकार संचालनमा आएपछि पर्यटकलाई थप सुविधा पुग्ने देखिएको छ ।

केबलकार सञ्चालन हुने टप स्टेशन टावर र सेवाग्राही ओर्लने वटम स्टेशन गरी दुवै क्षेत्रको करिब ३० रोपनी क्षेत्रफल जग्गामा निर्माण भएको छ ।

उक्त केवलकारमा १८ वटा यात्रुवाहक डिब्बाबाट प्रतिघण्टा १ हजार ५ सय जना ल्याउन लैजान सकिने कम्पनीले जनाएको छ । १ अर्ब ३० करोडको कूल लगानीमा सम्पन्न भएको केबलकार चितवन कोई प्रा.लि.ले निर्माण गरेको हो ।

अन्य सवारीका साधनबाट पोखरा बजार देखी सडकमार्ग हुँदै सराङकोट पुग्न ४० देखी ५० मिनेट समय लाग्ने गर्दछ । अहिले पोखरा महानगरपालिका वडा नं.१८ को सेदीदेखी सराङकोटसम्मको करिब साढे २ किलो मिटर दुरी लम्बाईको सो केबलकारबाट ८ मिनेटमै पुग्न सकिने भएपछि पर्यटन ब्यवसायी तथा स्थानियहरु उत्साहित छन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.