गुठी संस्थानको अध्यक्षमा भूसाल र प्रमुख प्रशासकमा शाक्य नियुक्त

काठमाडौं– सरकारले गुठी संस्थाको अध्यक्षमा पूण्यप्रसाद भूसाललाई नियुक्त गरेको छ ।

गुठी संस्थान ऐन, २०३३ बमोजिम अध्यक्षमा स्याङ्जाको चापाकोट नगरपालिका– ८ निवासी भूसाल नियुक्त हुनुभएको हो । यसैगरी संस्थानको प्रमुख प्रशासक पदमा ललितपुर महानगरपालिका– १६ निवासी किरण शाक्य नियुक्त हुनुभएको छ ।

नवनियुक्त अध्यक्ष र प्रमुख प्रशासकलाई सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले पद तथा गोपनियताको शपथ गराउनुभएको छ । कार्यक्रममा मन्त्री कर्णले संस्थान र अन्तर्गतका विभिन्न सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा क्रियाशील रहन नवनियुक्त अध्यक्ष र प्रमुख प्रशासकलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.