भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइयो

भारतमा एकैदिन ८० लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिधेरै संख्यामा खोप लगाइएको अहिलेसम्मकै पहिलो घटना भएको अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । भारतले १८ बर्षसम्मका सवैलाई खोप लगाउने अभियान सोमबारबाट सुरु गरेको हो ।

यसैबीच विश्वका धेरै गरिब देशहरुमा जारी खोप साझेदारी अभियान कोभ्याक्स अगाढी बढाउन पर्याप्त मात्रमा खोप नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस ऐलवर्डका अनुसार कोभाक्स कार्यक्रम अन्तर्गत हालसम्म १३१ देशमा ९ करोड मात्र खोप उपलब्ध गराई सकिएको र यो एकदमै थोरै जनसंख्यामा मात्र पुगेको छ ।

अफ्रिकाका केही राष्ट्रहरूमा संक्रमणको तेस्रो लहर देखिएकोले खोप अभाव भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.