बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

चितवन- बाघको आक्रमणमा परी रत्ननगरमा एक महिलाको मृत्य भएको छ । हिजो दिउँसोको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता बाघको आक्रमणबाट मृत्यु भएकी अधिकारीको शव प्रहरीले जंगलबाट निकाल्न नसकेको भन्दै स्थानियले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.