टेलिकमको मोबाइल सेवा पुनः सुचारु

काठमाडौं– नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या समाधान भएको छ ।

झण्डै सवा घण्टा टेलिकमको जीएसएम मोबाइल सर्भिसको प्रिपेड र पोस्टपेड दुवै सेवाको भ्वाइस पार्टमा मात्रै समस्या आएको टेलिकम प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । ‘६ बजेदेखि प्राविधिक समस्या देखिएको थियो,’ जोशीले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘हाम्रो प्राविधिक टिमले सवा ८ बजे नै समस्या समाधान गरेको छ ।’

स्मार्ट फोनमा समस्या आए पनि पुरानो फिचर फोनमा समस्या थिएन । भीओएलटीई फोरजीको सेवामा पनि समस्या नभएको प्रवक्ता जोशीको भनाइ छ । सिस्टममा समस्या आएकाले देशभर नै नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड दुवै सेवा अबरुद्ध भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.