संसद विघटन राजनीतिक विषयः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन राजनीतिक विषय भएको बताउनुभएको छ । राजनीतिक विषयलाई संवैधानिक विषय बनाउन नहुने प्रधानमन्त्रीको भनाइ छ ।

नेपाल टेलिभिजनका डा. महेन्द्र विष्टसँग विशेष कुराकानीमा प्रधानमन्त्री ओलीले अस्थिरता ल्याउन, राजनीतिक अराजकताका लागि विघटनको राजनीतिक विषय अदालतमा पुगेको बताउनुभएको छ । मन्त्रीमण्डल पुनर्गठनका सम्वन्धमा सर्वोच्च अदालतको फैसलाका सन्दर्भमा प्रधानमन्त्री ‌ओलीले विगतमा पटक पटक यस्तो अवस्थामा मन्त्रिमण्डल पुनर्गठन भएको स्मरण गर्नुभयो ।

देशमा बाढी पहिरोको समस्याका बेला गृहमन्त्री छैन, कोरोनाको महामारीको वेला स्वास्थ्य मन्त्री छैन भन्दै प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा आवश्यकताका आधारमा अदालतको निर्णय आउने आफूले अपेक्षा गरेपनि त्यसो नभएको बताउनुभयो । पार्टीमा देखिएको विमतिका सम्वन्धमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू पटकपटक पार्टी एकताका लागि सम्वाद गरेको र कोशिशमा रहेको बताउनुभयो ।

प्रधानमन्त्रीको विस्तृत अन्तर्वार्ताका लागि प्रतीक्षा गर्नुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.